२०८३ भाद्र २३ गते मङ्गलवार

तुलसीपुर बेलुवाका लालबहादुरको यात्राकै क्रममा मृत्यु, यात्रु कसैले उनको मृत्युको सुँईकोपनि पाएनन्

दाङ, कात्तिक २२ । रुकुमबाट सल्यान हुँदै दाङको तुलसीपुर तर्फ आइरहेका एक यात्रुको यात्राकै क्रममा गाडीको सिटमा बसेको अवस्थामै मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ५४ बर्षीय लालबहादुर वलीको चल्ती गाडीको सिटमै बसेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

राप्ती राजमार्ग अन्तरगत रुकुमबाट दाङको तुलसीपुर हुँदै नेपालगञ्ज तर्फ जान हिडेको बा. प्र– ०१००६–ख २५९४ नम्बरको हायस भित्र सिटमै बसेको अवस्थामा वली मृत फेला परेका हुन । घटनास्थलमा प्रहरी आएर मुचुल्का तयारी पारी पोष्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार वली रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १२ नुवाकोटमा तिहारको टीका लगाएर तुलसीपुरस्थित घर तर्फ फर्किदै थिए ।

तर, वलीको मृत्युको अत्तोपत्तो संगै एउटै गाडीमा यात्रा रत कसैले पनि पाउन नसकेको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय सल्यानका ट्राफिक हवल्दार बिरेन्द्र खड्काले जानकारी दिए ।

सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भएको कुरा पत्ता लागेको थियो ।

थारमारेको शारदा होटेलमा सोमबार दिउँसो साढे १ बजेतिर हायस गाडी राकेर सबै यात्रु झरी खाजा नास्ता खान गएपनि वलीलाई सिटमै बसेको देखेपछि अन्य यात्रुले बल्ल वलीको मृत्यु भइसकेको कुरा थाहाँ पाएका थिए ।

ट्राफिक प्रहरी हवल्दार खड्काका अनुसार वली हायस गाडीको अगाडिको सिटमा एक्लै बसेर यात्रा गरिरहेका थिए ठुलो खाले टोपी लगाएर थोरै घोप्टो परेर बसेको अवस्था रहेको हुँदा कसैले वलीको मृत्यु भएको कुरा थाहाँ नपाएको प्रहरीले जनाएको छ ।

वली अस्सरको बिरामी रहेको भन्ने कुरा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *