कात्तिक १६ । सुनको मूल्य आज पनि बढेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार
