२०८३ जेष्ठ ३१ गते आइतवार

बलात्कार मुद्दामा १२ बर्ष कैद तोकिएका तुलसीपु्रका एक युवक पक्राउ

तुलसीपुर, कात्तिक १५ । जबरजस्ती करणी मुद्दामा अदालतबाट १२ बर्ष कैद तोकिएका तुलसीपुरका एक युवक पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ रानागाँउ निवासी २७ बर्षीय खुमबहादुर थापा पक्राउ परेका छन् ।

दाङ देउखुरी जिल्ला अदालतले २०७७ साल ८ महिना २१ गते जवरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै थापालाई १२ बर्ष कैद र ५० हजार आर्थिक जरिवानाको फैसला सुनाएको थियो ।

त्यसयता फरार रहँदै आएका थापालाई प्रहरीले लुकीछिपी बसेको अवस्थामा तुलसीपुर ३ बाट कात्तिक १३ गते पक्राउ गर्न सफल भएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिए ।

पक्राउ पछि जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेशले तोकिएको सजाए भुक्तान गर्नको लागि कारागार चलान गरिएको डिएसपी थापाले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *