तुलसीपुर, कात्तिक १२ । शुक्रबार दिउँसो तुलसीपुरबाट हाइप्रोफाइलका जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा दिउँसो साढे ४ बजे कौडा खेलिरहेको अवस्थामा उरहरी निवासी ४८ बर्षीय मानबहादुर रावतसहित ८ जुवाडे पक्राउ परेको जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट नगद १ लाख ९८ हजार रकम बरामद भएको एसपी काफ्लेले बताए ।
पक्राउ पर्नेहरुमा तुलसीपुरका दीपु गिरीपनि रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
