काठमाण्डौ,कात्तिक ११ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।
सुनको भाउ आज तोलामा ९२ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको थियो । चाँदी आज पनि हिजोजस्तै तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार
