दाङ, कात्तिक ९ । बाँकेको कोहलपुरबाट साढे तीन लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन् ।
कोलहपुर नगरपालिका वडा नं. ८ स्थित रुद्रबिर खड्काको घरमा जुवा खेलीरहेको अवस्थामा प्रहरीले छापा मारेर तीन लाख ४९ हजार सात सय ५० रुपैंयासहित ६ जुवाडेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मधुसुदन न्यौंपानेले गोप्य सुचनाका आधारमा मंगलबार बिहान १ बजेतिर प्रहरीले खड्काको घरमा जुवा खेलीरहेको अवस्थामा नगदसहित पक्राउ गरेको जानकारी दिए ।
प्रकाशित मिति : २०७८ कार्तिक ९ गते मङ्गलवार