२०८३ कार्तिक १० गते सोमवार

कात्तिके झरी पछिको बाढी पहिरोमा परि एक सय ११ जनाको मृत्यु

काठमाडौं, कात्तिक ६ । कात्तिकमा चार दिनसम्म परेको अविरल वर्षा पछिको बाढी पहिरोमा परि नेपालमा एक सय ११ जनाको मृत्यु भएको छ ।

बेमौसमी बर्षाले मुलकका विभिन्न स्थानमा एक सय ११ जनाको मृत्यु भएको र ४२ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले काठमाडौंले जानकारी दिएको छ ।

बाढी पहिरोमा परि सबै भन्दा धेरै १ नम्बर प्रदेशमा ६५ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ४ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

बाढी पहिरोमा परि १ नम्बर प्रदेशमा २१ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा ४ जना गरी ४२ जना घाइते रहेका छन् ।

त्यस्तै मुलुकका बिभिन्न भागमा बाढी पहिरोका कारण ३७ जना बेपत्ता रहेका छन् । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा २३ जना, १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी जम्मा ३७ जना बेपत्ता रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *