२०८३ भाद्र २३ गते मङ्गलवार

दाङको शान्तिनगरमा भाइको भाला प्रहारबाट दाजु गम्भीर घाइते

दाङ, कार्तिक ४ । पश्चिम दाङमा भाइले सहोदर दाजुमाथि भाला प्रहार गरि गम्भीर घाइते तुल्याएका छन् ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. १ ज्यामेरेमा ३० बर्षीय लिलाराम वलीले दाजु ३५ बर्षीय देबबहादुर वलीमाथि छातिको दाहिने तर्फ भाला प्रहरी गम्भीर तुल्याएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले गम्भीर घाइते देबबहादुरको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बुधबार राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अचार्यलले घरायसी बिबादका कारण भाइले दाजुमाथि भाला प्रहार गरेको खुल्न आएको बताए ।

घाइते देबबहादुरका काकाका छोरा भाइ वशन्त वलीले झाँर्की बसाउने तयारी भइरहँदा एकाएक लिलाराम आएर भाला प्रहार गरेको बताए । ‘लिलाराम लमजुङतिर काम गर्नु हुन्थ्यो, केही समय पहिले मात्रै घर आउनु भएको हो,’ वशन्तले भने ‘ लिलारामले बिरामी छु, मलाई कुल देवताले दुःख दिए भनेको हुँदा उहाँकै लागि भनेर झाँकी बसाउँदै गर्दा एकाएक लुकेर आएर दाजु भाथि प्रहार भएको हो ।’

लिलारामले त्यस समयमा मदिरा सेवन गरेको भन्नु गलत रहेको वशन्तले बताए । ‘ बिरामीको नाटक गरेर दाजुको हत्या गर्न प्रयास गरेको देखियो,’ वशन्तले भने ‘दाजुमाथि भाला प्रहार गरेर भाग्न खोज्दा घर परिवारका सदस्यले नै लिलारामलाई नियन्त्रणमा लिएका थियौ।’

डिएसपी अर्यालले दाजुमाथि भाला प्रहार गर्ने भाइलाई नियन्त्रणमा लिइएको जानकारी दिए । घटना बुधबार राति साढे ८ बजेतिर घटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *