तुलसीपुर, कार्तिक ४ । कात्र्तिक महिना सुरु भएदेखि नै लगातार जारी रहेको बर्षा बुधबार रातिदेखि रोकिएको छ ।
बिहीबार बिहानै दाङमा घाम झुल्किएको छ । आँकाश खुल्दै जान थालेको छ । जिल्लाका खहरे खोला तथा नदीहरुमा पानीको बहाब घट्दै गएको छ ।
कात्र्तिके बर्षाका कारण ठाँउ÷ठाँउमा पहिरो जाँदा अबरुद्ध राप्ती राजमार्ग खुलेको छ । जसले गर्दा दाङको तुलसीपुर हुँदै सल्यान कपुरकोट, रोल्पा र रुकुम जाने यातायातका साधण सञ्चालनमा आएका छन् । दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार गोटीखोलाको पहिरो पञ्छाएपछि सडक खण्ड सञ्चालनमा आएको हो ।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत आइतबार दिउँसोदेखिको अबिरल बर्षाले पत्रे खोला लगाएतका केही खहरे खोलाहरुमा पानीको बहाब घटेसंगै साना सवारी सवारी साधनपनि सञ्चालनमा आउन थालेका छन् ।
स्थानीय खोलाहरुमा आएको बाढीका कारण मंगलबार र बुधबार उक्त सडक खण्डमा मोटरसाईकल लगाएतका साना सवारी साधान सञ्चालनमा आउन सकेका थिएनन् ।
एसपी काफ्लेले दाङको घोराहीदेखि रोल्पाको होलेरी जाने शहिद मार्गपनि सञ्चालनमा रहेको फरककोणलाई बताए ।
दाङमा ४ घर भत्किए
चार दिनसम्मको अबिरल बर्षाका कारण दाङका बिभिन्न स्थानमा चारवटा घरहरु घत्किएका छन् ।
दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार कुईरेपानी, बिजौरी, बेलुवा र लमहीको सतबरियामा चार ब्यक्तिको घर अबिरल बर्षाका कारण भत्किएका छन् । तर, कुनैपनि मानविय क्षति भने नरहेको एसपी काफ्लेले जानकारी दिए ।
क्षतिको बिबरण संकलन गर्ने कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।
पानी पार्ने प्रणाली नेपालबाट बाहिरियो
पानी पार्ने प्रणाली नेपालमा पूर्वी भेगबाट बाहिरिएको छ । जसले गर्दा बिहीबार बिहानैदेखि मुलुकका अधिकाँस क्षेत्रमा घाम लागेको खबरहरु सार्वजनिक भएका छन् ।
भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म भारी वर्षा भएको थियो । बुधबार रातिदेखि नै उक्त प्रणाली बाहिरिएको मौसम बिदहरुले बताएका छन् ।
कात्र्तिके झरीले मुलुकका विभिन्न स्थानमा गरि ७० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।
सुदुरपश्चिम लगाएत तराईका जिल्लाहरुमा ठूलो धन जनको क्षति भएको छ । घरमा भित्र्याउनका लागि काटेको तथा पाकेर तयारी अवस्थामा रहेको धानबालिमा ठूलो क्षति पुगेको छ ।
