दाङ, कार्तिक ३ । दाङको देउखुरीस्थित खौरा खोलाको बाढीले एउटा बोलेरो जीप बगाएको छ ।
गढवा गाउँपालिका वडा नं. २ बाट पोखरा तर्फ जान लागेको बा १७ च ५३४४ नम्बरको बोलोरो जीप खौरा खोलाले मंगलबार राति ११ बजेतिर बगाएको हो ।
जीपमा पाँच जना सवार थिए । जीप बगाउना साथ तत्काल प्रहरी पुगेर उद्धार गरेको हुँदा कुनैपनि मानविय क्षति हुन नपाएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । बगाएको जीपलाई बुधबार बिहान निकाल्ने प्रयास भइरहेको एसपी काफ्लेले जानकारी दिए ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत नर्ती र लमहीका बीचमा एउटा बस दूर्घटनामा परेको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बस सडक किनारामा पल्टिएको भएपनि मानविय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
बसमा चालक र सहचालक मात्रै रहेको तथा मानिस लिनको लागि जाँदै गर्दा चिफ्लिएर दूर्घटनामा परेको प्रहरीले बताएको छ ।
