दाङ, कात्तिक ३ । रोल्पामा गोरु काटेको अभियोगमा १३ जना पक्राउ परेका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं. १ लापालमा गोरु काटेको अभियोगमा दश महिलासहित तीन पुरुषलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्ने पुरुषहरुमा स्थानीय ५८ बर्षीय चन्द्रलाल राना मगर, २० बर्षीय आकाश घर्ती मगर र २० बर्षकै लालबहादुर पुन रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीले फरककोणलाई बताए ।
मंगरबार बेलुका उनीहरु मिलेर गोरुको बध गरेको खबरका आधार प्रहरी पुगेको थियो । प्रहरीले गोरुको काटेको अवस्थामा ८० केजी मासु बरामद गरेको र त्यसमध्य परीक्षणको लागि ४ किलो जति छुट्याएर अरु स्थानीय जनप्रतिनिधिको रोहबरमा गाडेको डिएसपी सुबेदीले बताए ।
गोरु काटेको सूचनाका आधारमा पुगेको प्रहरीले १३ जनालाई राति अबेर भइ सकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार
