धनगडी, कार्तिक २ । सुदूरपश्चिममा बाढी पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । डोटीमा ११ बर्षीय आशिष कुन्जेडा र १४ बर्षीय सागर कुन्जेडाको पहिरोमा परेर मृत्यु भएको छ । डडेल्धुरामा पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका वडा नं। १ ३२ वर्षीय विष्णु अवस्थीको र गन्यापधुरा ३ की ६५ वर्षीया नर्मदादेवी शाहीको स्थानीय खोलाले बगाउँदा मृत्यु भएको छ ।
त्यस्तै बैतडीमा शिवनाथ गाउँपालिका वडा नं। ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका बुहारीहरु १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय नाति सोमको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बझाङमा पहिरोमा परि २३ बेपत्ता बझाङ जिल्लामा पहिरामा परि २३ जना सम्पर्क विहिन भएका छन ।
थलारा गाउँपालिका वडा नं। ४ डिख्लामा मंगलबार विहान खसेको पहिरोले ७ घर पुर्दा गगने सार्कीको घरका १८ जना र नरे पार्कीको घरका ५ जनाको परिवार बेपत्ता भएको भन्ने खवर आएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
कैलामी बगरे ३ बेपत्ता
कैलालीमा खोलामा माछा मार्न गएका ३ जना बगेर बेपत्ता भएका छन । लम्कीचुहा नगरपालिका वडा नं। ३ ढुङ्गे बजारका ६१ बर्षीय कखडकबहादुर घर्ती मगर, ३५ बर्षीय बिक्रम घर्ती मगर र २६ बर्षीय खडक राना मगर बगेर बेपत्ता भएका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नं। ८ स्याउलेका ३० बर्षीय गणेश आउजी खुटिया पूल नजिकै ढुङ्गा निकाल्ने क्रममा खोलाले बगाएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
६२ जना उद्धारको पर्खाइमा
कैलालीका २ र बैतडीका ६० गरि बाढीमा फसेका ६२ जना उद्धारको पर्खाइमा प्रतिक्षारत छन् । कैलालीको मोहन्याल गाउँपालिका–४ खिमडीमा ठूलीगाडको दोभान बीचमा फसेका लोकबहादुर बुढा मगर र उनकी श्रीमती बिरमादेवीको उद्धार दिनभर प्रयास गर्दापनि संभव नभएको प्रहरीले जनाएको छ । दुई नदीका बीचमा खेति गर्ने उनीहरु टहरा बनाएर बस्दै आएका थिए । उनीहरुको उद्धार गर्न सेनाको हेलिकप्टरले प्रयास गरेपनि त्यो सम्भव हुन नसकेको प्रहरीले जनाएको छ ।
बैतडीमा ५ जनाको उद्धार
बैतडीको सिगास गाउँपालिका वडा नं। ५ मा सेती नदीको टापुमा फसेका ६० जनाको उद्धार गर्न दिनभर
कञ्चनपुरमा भीमदत्त नगरपालिकाको खल्लामसेटीका एकै परिवारका पाँच जनाको १५ घन्टा पछि उद्धार गरिएको छ । उनीहरु महाकाली र सेल्फीडाँडाको खोलाको बीचमा आएको बाढीका कारण सोमबार रातिदेखि फसेका थिए । कर्णाली नदीको बाढी जानकी र टीकापुर आसपासका बस्तीहरुमा समेत पसेको छ । बाढी पहिरोले पु¥याएको क्षतिका कारण सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा बिद्युत र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ ।
उद्धार राहातका लागि २५ करोड दिने निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरो प्रभावितलाई तत्काल उद्दार, राहतका २५ करोड दिने निर्णय गरेको छ।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश विपद् व्यवस्थापन कोषमा उक्त रकम दिने निर्णय गरेका हुन । सरकारले सुदरपुश्चिम प्रदेशका नौं वटै जिल्लाहरुलाई तत्कालका लागि २५ लाखका दरले बजेट दिने निर्णय गरेको हो ।
प्रत्येक जिल्लाका प्रहरी र सशस्त्र प्रहरीलाई ५÷ ५ लाख र नौ वटै जिल्ला प्रशासनलाई १५÷१५ लाख रुपैंया दिने निर्णय
