२०८३ जेष्ठ ३१ गते आइतवार

रोल्पामा भिरबाट खसेर र खोलामा डुबेर दूई जनाको मृत्यु

दाङ, असोज ३१ । रोल्पा जिल्लामा दूई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । एक जनाको मृत्यु भिरबाट खसेर र अर्का एक जनाको पानीमा डुबेर मृत्यु भएको छ ।

रोल्पा नगरपालिका वडा नं. ७ डाङडुङेका ६४ बर्षीय धनसर पुन माडी खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश सुबेदीका अनुसार आइतबार बेलुकी पख माडी खोलामा डुेबको अवस्थामा पुन मृत अवस्थामा फेला परेका हुन ।

शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल खलंगामा लगिएको डिएसपी सुबेदीले जानकारी दिए । डाङडुङेका पुन शनिबार बेलुका घरबाट निस्किएको भन्ने खुल्न आएको डिएसपी सुबेदीले बताए ।

त्यस्तै जिल्लाको सुनछहरी गाउँपालिका वडा नं. ५ पुवाङका ६३ बर्षीय सुन्तु पुनको भिरबाट लडेर मृत्यु भएको छ । डिएसपी सुबेदीका अनुसार शनिबार बेलुकी गोठ तर्फ जाने क्रममा पुन भिरबाट लडेको हुन सक्ने आशंका गरिएको छ । उनको शव झन्डै दूई सय मिटर तल आइतबार बिहान फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मदिरा सेबन गरि हिडेका कारण पुन भिरबाट लड्न पुगेको आशंका भइ रहेको डिएसपी सुबेदीले बताए । पुनको शव पोष्ट मार्टम पछि आफन्तलाई शब बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *