दाङ, असोज ३१ । शुक्रबार बिहान बबईमा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शब दूई दिन पछि आइतबार बिहान फेला परेको छ ।
सल्यान जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक नुहाउने क्रममा शुक्रबार बिहान बेपत्ता भएका थिए । आइतबार बिहान घटनास्थल भन्दा दूई किलोमिटर दक्षिणमा उनको शव फेला परेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बताए ।
दशैंका दिन बिक श्रीमति संगै नुहाउन भनेर बबई नदीमा गएका थिए । बिहानै मदिरा सेवन गरेका कारण र नदीमा पानीको बहाब उच्च रहेका कारण उनी बग्न पुगेको थापाले जानकारी दिए ।
बिक बगेको सूचना पाए लगतै बेपत्ता बिकको खोजीमा प्रहरी र स्थानीय खटिदै आएका थिए । बिक सल्यान र बर्दियाको सिमाना जोडिने स्थान बाटुले भन्ने ठाउँबाट उनी बगेका थिए ।
प्रकाशित मिति : २०७८ असोज ३१ गते आइतवार
