२०८३ जेष्ठ ३१ गते आइतवार

आज बिजया दशैं, टीकाको उत्तम साइत बिहान १० : ०२ मा

दाङ, असोज २९ । हिन्दु नेपालीहरूको महान चाड बडादसैको दसौँ दिन आज बिजयी दसैंको टीकाको दिन ।
मान्यजनबाट टीका तथा जमरा लगाई यो पर्व मनाउने गरिन्छ ।

बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउन शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।

विजया दशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइ माग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने पर्ने हुँदा सम्मुख पारेर टीका लगाउँदा शुभ हुने शास्त्रीय मान्यता छ ।

आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापनाका दिन राखेको जमरा नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ ।

विजया दशमीका दिन दिनभर देवीको प्रसाद लगाउन सकिने का अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।
दसैंको टीका कोजाग्रत पूर्णिमाका दिनसम्म पनि लगाउने गरिन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व परापूर्वक कालदेखि मनाउँदै आइएको छ ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *