२०८३ जेष्ठ ३१ गते आइतवार

गुल्मीमा जीप दुर्घटना : ३ जनाको मृत्यु

दाङ, असोज २९ । बिहीबार राति गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दूर्घटनामा परि थप ६ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा मुसिकोट नगरपालिका वडा नं. २ का १९ वर्षीया संगीता सुनार, सोही वडाका ४६ वर्षीया राधिका थापा र ७० वर्षीय क्षेत्रबहादुर थापाको मृत्यु भएको छ ।

उनीहरुको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दूर्घटनामा परि सोही ठाउँकै जीप चालक २६ वर्षीया कमल थापा, ४३ वर्षीया खिमा थापा, ३८ वर्षीया जुना थापा, ३६ वर्षीय राजु थापा, मुसिकोट नगरपालिका वडा नं. ३ की ४३ वर्षीया सुमित्रा सुनार र भरतपुर उपमहानगरपालिका बस्ने ५० वर्र्षीया राधा केसी घाइते भएका छन् ।

वुटवलबाट तम्घास तर्फ जाँदै गरेको लु १ ज ४४९० नम्बरको जीप रेसुङ्गा नगरपालिका वडा नं. १० छहरा नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप करिब तीन सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असोज २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *