
तुलसीपुर, असोज २१ । दाङ घोराहीका एक पुरुषलाई ‘हनी ट्रयापिङ’गरि १८ लाख रुपैंया अशुल्न खोज्ने तीन महिला बुधवार धरौटीमा रिहा भएका छन् ।
दाङ देउखुरी जिल्ला अदालतले घोराही उपमहानगरपालिका वडा नं. १५ की ३२ बर्षीया सीतादेवी थापालाई डेढ लाख,सोही ठाउँकी ३५ बर्षीया खुमा वलीलाई ८० हजार र ३२ बर्षीया सुष्मा परियारलाई पूर्पक्षका लागि ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
घोराहीका एक पुरुषलाई ‘हनी ट्रयाप’मा पारेर एक लाख नगद र थप १७ लाखको चेक समेत बुझिसकेका थिए । त्यसपछि बल्ल पीडित जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । पीडितको जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ पछि असोजमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो ।
यो पनि पढ्नुहोस
एक पुरुषलाई ‘हनी ट्रयापिङ’ गरि लाखौं अशुल्न खोजेको अभियोगमा घोराहीका तीन महिला पक्राउ
प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार
