२०८३ असोज २५ गते आइतवार

कांग्रेस हुम्ला सभापतिमा मोहनविक्रम सिंह

हुम्ला,असोज १७ । नेपाली कांग्रेसको हुम्ला सभापतिमा मोहनविक्रम सिंह चयन भएका छन्।

सातौं जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा जिल्ला सभापति भएका हुन्।

सिंह सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। हुम्लामा आज महाधिवेशन प्रतिनिधिका लागि भने निर्वाचन छ।

हुम्ला जिल्ला कार्यसमिति उपसभापतिमा बसन्त रोकाय र कैलास भण्डारी चयन भए भने सचिवमा कृष्ण बोहरा र विजया बुढा निर्वाचित भएका छन्।

सहसचिवमा दिलबहादुर शाही र पाल्जोर तामाङ निर्वाचित भएको कांग्रेसले जनाएको छ।

जिल्ला अधिवेशन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भाग लिएका थिएनन्। उनीहरूले समानान्तर समिति गठन गर्ने चेतावनी दिइरहेका छन्।

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *