२०८३ भाद्र २३ गते मङ्गलवार

पश्चिम दाङका बाढी पीडितलाई झन्डै ८ लाख राहात बितरण

तस्बिर – शरद रेग्मी

तुलसीपुर, असोज १४ । स्थानीय प्रशासनले पश्चिम दाङका बाढी पीडितलाई करिब आठ लाख राहात बितरण गरेको छ ।
बुधबार इलाका प्रशासन कार्यालय तुलसीपुरबाट अविरल वर्षाका कारण घर भत्किएका बिभिन्न १४ घर परिवारलाई नगद राहात बितरण गरिएको हो ।

शान्तिनगर गाउँपालिका वडा नं. ४ का बामे बिक र वामदेव देवकोटाका परिवारलाई २ लाख, अमृता घर्तीर सन्तोष घर्तीका परिवारलाई तीन लाख राहत बितरण गरिएको हो । त्यस्तै जानकी चौधरी, राधिका गन्धर्व, पञ्चकली घर्ती , बिक्रम बिक, पीमा बस्नेत, सञ्तोष घर्ती र चन्द्रलाल चौधरीलाई जनही १५ देखि २० हजारका दरले राहात बितरण गरिएको थियो ।

राहात बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढा, तुलसीपुर ४ का वडा अध्यक्ष बालकृष्ण राना, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे , महासचिव विनिल केसी, पूर्व अध्यक्ष विमल रिजाल, पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वली लगायतको सहभागिता रहेको थियो ।

परियोजना प्रमुख विश्वप्रकाश अर्यालले अब छिट्टै घोराही, लमही तथा जिल्लाका अन्य स्थानबा पीडितलाई समेत राहात बितरण गरिने जानकारुी दिए ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *