२०८३ भाद्र २३ गते मङ्गलवार

डकर्मीलाई तालिम

हापुरे,असोज ११ । बबई गाउँपालिकाले डकर्मीका लागि तालिमको आयोजना गरेको छ । गाउँपालिकाको आयोजना तथा भूकम्पी प्रबिधी राष्ट्रिय समाज नेपालको प्राबिधीक सहयोगमा तालिमको आयोजना गरिएको हो ।
सुरक्षित आबास निर्माणमा सहयोग पुगोस भनेर दक्ष जनशक्ति उत्पादन गर्न तालिमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले बताए ।

‘भुकम्पमैत्री भवन निर्माणमा डकर्मीहरुको भूमिका महत्वपूर्ण रहन्छ,’ पौडेलले भने ‘ हामीले दक्ष जनशक्ति उत्पादन गरे मात्रै सुरक्षित आवास निर्माण संभव हुन्छ ।’

तालिम उद्घाटन पछि सम्बोधनका क्रममा उनले भूकम्प मैत्री भवन निर्माण गर्दा महंगो पर्ने हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे । आफु बस्ने आबास सुरक्षित गराउन स्वयम ब्यक्तिको भूमिका रहनु पर्ने उनको भनाई थियो ।
सहर बजारदेखि ग्रामिण बस्तिसम्म जोखिमको बसाई अन्त्य गर्न सके मात्रै बिपद सामना गर्न सहज हुने अध्यक्ष पौडेल बताए ।

‘ हाम्रो ज्ञानको अभावमा बिगतमा असुरक्षित रुपमा घर निर्माण गरियो होला,’ उनले भने ‘ तर, अब त्यस्तो गल्ती कसैले दोह¥याउनु हुन्न । सबैले आँफू बस्ने घर सुरक्षित बनाउनु जरुरी छ ।’

कार्यक्रममा गाउँपालिकाका प्रबक्ता टंकराज बिश्वकर्मा, ईञ्जीनियर राजेश देबकोटाले सुरक्षित आवास निर्माणका दक्ष डमर्कीको आवश्यकता र महत्वको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम बबई ३ का वडाध्यक्ष नन्दलाल वलीको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *