दाङ, असोज ६ । रोल्पामा छोरीलाई पिठ्यूमा बोकेर पैदल हिडिरहेका आमा छोरीको माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको छ ।
रोल्पा नगरपालिका वडा नं. ९ की २५ बर्षीया संगीता पुन र उनकी २ बर्षीया छोरी र्कीतिका पुनको स्थानीय हिङ्वाङ भिरबाट खसेको ढुँगाले लागेर मंगलबार बेलुका मृत्यु भएको छ ।
रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले छोरी पिठ्यूमा बोकेर पैदल हिडिरहेकी आमालाई माथिबाट खसेर लागेको ढुंगाले लाग्दा भिरमुनी खसेर मृत्यु भएको जानकारी दिए ।
आमा छोरीको शब मंगलबार बेलुका साढे ५ बजे भिरमुनी फेला परेको थियो । स्थानीयले भिरमुनी आमा छोरीको शव देखेर खबर गरेपछि प्रहरी घटनास्थल पुगेर शव निकाली मध्यरातमा अस्पताल पु¥याएको डिएसपी सुबेदीले बताए ।
आमा छोरी मकै बारीका बाँदर धपाएर घर फर्किने क्रममा माथिबाट झरेको ढुंगाले लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै रोल्पा नगरपालिका ३ खुमेलका ४२ बर्षीय तिर्थलाल थापाको पनि उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ ।
गाउँकै बिबाह भोजको पार्टी खाएर घर फर्कने क्रममा उनी बाटोमै खरबारीमा लडेको अवस्थामा फेला पारी बुधबार बिहान अस्पताल पु¥याएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थापाले अत्यधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको अनुमान प्रहरीको छ ।
