काठमाडौं, असोज ६ । पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सुचारु भएको छ ।
चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा गएरातिदेखि बन्द भएको सडक ११ बजे पछि खुलेको हो ।
अहिले दुईतर्फी नै गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार
