२०८३ जेष्ठ ३१ गते आइतवार

आइतबार थपिए १ हजार ८९ कोरोना संक्रमित

काठमाडौं, भदौ २०। आइतबार देशभर १ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस दिन कुल ७ हजार ९७१ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु पुष्टि भएको छ।

यीसहित हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३४ जना कोरोनाबाट मुक्त भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये ९४.५ प्रतिशत निको भइसकेका छन् भने १.४ प्रतिशतको मृत्यु भएको छ। बाँकी ४ प्रतिशत सक्रिय संक्रमित छन्।

हालसम्म कोभिड १९ विरुद्धको पूर्ण खोप ४८ लाख ९५ हजार १५२ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *