
तस्बिर – चिरञ्जिबी खनाल
तुलसीपुर, साउन ३१ । दाङको लमहीमा पूजारीको भान्सा घर भित्र छिरेको चितुवालाई नियन्त्रण पछि बाँके पठाइएको छ ।
शनिबार मध्य रातिमा लमही नगरपालिका वडा नं. ८ उचानिम्बुस्थित गाउँमा गौसला भित्र प्रबेश गरेपछि गाइको बाच्छालाई आक्रमण गरि चितुवा पूजारीको निर्माणाधिन भान्सा घरमा छिरेको थियो ।
बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका स्थानीय चिरञ्जिबी खनालले शनिबार मध्य रातिमा जंगलबीचमा निर्माण गरिएको गौशालामा रहेका गाईलाई आक्रमण पछि उक्त पोथी चितुवा पूजारीको निर्माणाधिन भान्सा कोठामा छिरेको जानकारी दिए ।
पूजारीले चितुवा आफ्नो भान्सा घर भित्र प्रबेश गरेको देखेपछि केही समय ढोका खुल्लै राखेका थिए । तर, चितुवा त्यहाँ भित्रै बसिरहेपछि उनले बाहीरबाट ढोका लगाएर चितुवा थुनेका थिए ।
त्यसरी थुनेर राखेको चितुवालाई नियन्त्रणमा लिन तथा उद्धारको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोग मागिएको थियो ।
आइतबार दिउँसो डिभिजन वन कार्यालय देउखुरी र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको सहयोगमा डार्ट गरि चितुवा नियन्त्रणमा लिइएको वन्य जन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका खनालले बताए ।
डार्ट गरि नियन्त्रणमा लिइएको खुट्टामा चोट पटक लागेको घाउहरु समेत देखिएको हुँदा बाँके राष्ट्रिय निकुञ्जमा केही दिन राखेर उपचार पछि जंगलमा छोडिने भएको छ ।
उक्त चिनुवाले केही दिन पहिले मात्रै त्यहाँ एउटा बाख्राको खोरमा पसेर एकै रात नौं वटा बाख्राहरु मारेको थियो । त्यसपछि पनि उस्ले बीच÷बीचमा गाईहरु माथि आक्रमण गर्दै आएको थियो । चितुवाले निरन्तर रुपमा पशु चौपायामाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसिद बनेको हुँदा नियन्त्रणमा लिनु परेको खनालले बताए ।
