
तुलसीपुर, असार ३ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसीलाई पितृ शोक परेको छ ।
केसीका बुवा द्रोर्णबहादुर केसीको बिहीवार आफ्नै निवासमा ८८ बर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
नेपाली काँग्रेसका नेता पूर्व माननिय ज्ञानु केसी, युवा नेता वशन्त केसी र ऋषिराज केसीका बुवा स्वर्गिय केसी बिगत केही समय यता बिभिन्न रोगबाट ग्रसित थिए ।
स्वर्गिय केसीको बिहीबार बेलुका नै तुलसीपुरस्थित पातुखोला घाटमा अन्तेष्टि गरिएको छ ।केसीको पार्थिब शरिरमा नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पार्टीको झण्डा आढाएर सम्मान ब्यक्त गरेका थिए । त्यस्तै नेपाली काँग्रेस क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीपनि अन्येष्टिमा सहभागि भएका थिए ।
प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
