२०८३ कार्तिक ११ गते मङ्गलवार

सतर्क रहन मेयर पाण्डेको आग्रह

तुलसीपुर, असार २ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले बर्षातको समयमा सतर्क रहन आग्रह गरेका छन् । सामाजिक संजाल मार्फत नगर प्रमुख पाण्डेले लगातार बर्षात भइरहेका कारण खोला र नदीमा पानीको बहाब बढ्न थालेकाले खोला तथा नदी तटिय क्षेत्रमा बसोबास गरेका नगरबासीलाई सतर्क रहन आग्रह गरेका छन् ।

पाण्डेले बाढी पहिरोको समस्यामा परेमा वा कुनै सहायता आवश्यक परेमा नजिकको प्रहरी, वडा कार्यालय र जनप्रतिनिधीहरुलाई सम्पर्क गर्न आग्रह पनि गरेका छन् ।

त्यस्तै तुलसीपुर ६ ले अविरल बर्षातका कारण कहिकतै समस्या परेमा सम्पर्क गर्न आग्रह गरेको छ । डुबान, पहिरो जस्ता कुनै समस्या भएमा सम्पर्क गर्न वडा सदस्य दुजमान भण्डारी (बर्षातले) आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *