काठमाडौं, असार २ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले ७ जनाको मृत्यु भएको छ।मृतक सातै जना हेलम्बु गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले मंगलबार साँझ आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म मृतकको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ । नेपाली सेना र हेलिकप्टर उद्धारका लागि परिचालन गरिएका छन् ।
प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
