दाङ, जेठ ३१ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म बजार सञ्चालन गर्न दिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले सोमबार दैनिक उपभोग्य बस्तु लगाएत पसल ब्यबसाय सञ्चालन गर्न दिने निर्णय सार्वजनिक गरेका छन् ।
बैशाख ९ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै स्थानी प्रशासनले असार १ गतेदेखि उक्त नियम लागु हुने जनाएको छ ।
जारी निषेधाज्ञा थपेर असार ७ गतेसम्म जारी राखेपनि पहिलेको भन्दा पछिल्लो पटक तुलनात्मक रुपमा त्यो निकै खुकुलो पारिएको छ । प्रजिअ गेलालका अनुसार अबदेखि बाँकेमा रेष्टुरेन्टहरुले पनि प्याक गरि खाना–खाजा घरमा लैजाने वा होमडेरिभरी गर्न सक्ने सुबिधा प्रदान गरिएको छ ।
बिबाह, ब्रतबन्ध, मृत्यु संस्कार जस्ता कार्यहरुमा १५ जनासम्म जनासम्म सहभागि हुन पाउने ब्यबस्था गरिएको छ । कृषि, अत्याबश्यक ब्यापार ब्यबसायका सवारी साधन, पास भएका सवारी साधन, मालबहाक र ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।
कोरोना भाइरसका संक्रमित हुने बिरामीको दर र मानिसहरुको मृत्यु दर घटेसंगै बाँके सहज बन्दै जान थालेको हो ।
बाँकेका फोलक पर्सन तेज वलीका अनुसार सोमबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का ६८ बर्षीय एक जना पुरुषको मृत्यु भएको जानकारी दिएका छन् ।
बितको २४ घन्टामा बाँके जिल्लाका ४ महिला र ५ पुरुष गरि ९ जनामा मात्रै संक्रमित पुष्टि भएको वलीले बताए ।
त्यो बाहेक बाँके जिल्ला भन्दा बाहिरी जिल्लाहरुबाट १४८ जनाको नमुना जाँच गर्दा ४८ जनामा संक्रमन पुष्टि भएको वलीले जानकारी दिए ।
कुनै दिनको कोरोना हटस्पट बाँकेमा कोरोना संक्रमित हुने दर र मृत्युको दरपनि घटेसंगै भेरी अस्पताल नेपालगञ्जले असार १ गतेदेखि (बहिरंग)ओपिडी सेवा सुरु गर्न लागेको छ । झन्डै एक हप्ता अगाडिदेखि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले पनि ओपिडी सेवा सुरु गरिसकेको छ ।
