२०८३ भाद्र २५ गते बिहिवार

जसपाले लुम्बिनीमा नीति तथा कार्यक्रमको बिपक्षीमा मतदान गर्न ह्विप जारी ग¥यो

दाङ, जेठ ३० । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ।आइतबार बक्तब्य जारी गर्दै जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा ह्विप जारी गरेको बताएकी छन् ।

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रीमण्डलमा जसपाका सांसदहरु विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डे र कल्पना पाण्डे सहभागि छन् । मुख्यमन्त्रीको सकरकारमा सहभागि उनीहरु जसपा भित्रको महन्थ – राजेन्द्र पक्षधर हुन । उपेन्द्र यादब केन्द्रमा ओली नेतेत्वको सरकारमा सहभागि छन् ।
तर, ह्विप जारी गर्नेहरु बाबुराम– उपेन्द्र पक्षधर मानिन्छन् ।

जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले सरकारमा सहभागी चार जना सांसदका लागि नीति तथा कार्यक्रमको बिपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए ।यसअघि पनि जसपाले कारबाही गरेपछि माथि उल्लेखित चार सांसद पद गुमेको थियो। उनीहरू अदालत पुगेपछि सर्बौच्चले उक्त कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ–राजेन्द्र पक्षधर छन भने बाबुराम – उपेन्द्र पक्षधर २ जना सांसद रहेका छन् ।अध्यक्ष अशोक यादवले ह्विप उलंघन गरे पार्टीले पुनः ती चारजना सांसदलाई कारबाही हुने बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *