
तुलसीपुर, जेठ २४ । ब्याक वार्ड सोसाईटी एजुकेसन (बेस) संस्था चिकित्सकसहित सर्वसाधारणको घर दैलोमा पुगेर कोभिड–१९ का बिरामीको पहिचान र उपचारमा खटिएको छ । बेसले आफ्नै खर्चमा चिकित्ससहितको ६ सदस्यीय स्वास्थ्कर्मीको टोली कोभिड १९ बारे चेतना फैलाउन तथा आवश्यक परामर्ष दिनका लागि गत जेठ १३ गतेदेखि समुदायमा खटाएको छ ।
उक्त टोलीले निशुल्क उपचार, औषधी बितरण , मनोपरामर्श दिने गरेको छ । हालसम्म बेस खटाएको चिकित्सकसहितको टोलीले तुलसीपुर उपमहानगरपालिका, ववई गाउँपालिका र शान्तिनगर गाँउपालिकाका बिभिन्न वडामा पुगेर सेवा दिने कार्य गर्दै आएको छ ।
कोरोना भाईरस लक्षन देखिएका ब्यक्तिको घरमै पुगि चेक जाँच, औषधी बितरण तथा परामर्श सेवा दिदै आएको बेस संस्थाका संस्थापक अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
प्रदेश सांसद समेत रहेका चौधरीले चिकित्सकसहितको घुम्ति शिविर जिल्लाका १० वटै पालिकामा सञ्चालन गरिने जानकारी दिए ।
स्थानीय तहको समन्वयमा घुम्ति शिबिर प्रभाबकारी बन्दै गएको र अझै केही समय शिबिर जारी रहने बेस नेपालका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले बताए ।
झण्डै दुई हप्ताको अवधिमा डाक्टर राजिब झाँ नेतृत्वको स्वास्थकर्मीको टोलीले महिला ६३६ र पुरुष ४६० गरि दाङमा १०९६ जनाको स्वास्थ्यजाँच गरेको जानकारी दिएको छ ।
जसमध्य थारु समुदायका ५९९,ब्रामण क्षेत्री २८६,दलित ९६,जनजाति ८७ र अन्य जाजातिका २८ जनालाई सोमबार सेवा प्रवाह गरिएको संस्थाले जनाएको छ । यो अवधिमा २० बर्ष उमहेर समुहका २५४ जना, ५० बर्ष सम्मका ३०१ ज्ना, २०देखि ५० बर्ष सम्मका ५४१ जनालाई सेवा प्रदान गरिएको छ ।
यो अवधिमा पिसिआर परीक्षण ४६ गरिएकोमा ३७ पोजेटिभ फेला परेका थिए । त्यस्तै एन्टिजेन्ट टेष्ट १९७ जनाको गरिएकोमा ४९ जनामा पोजेटिभ फेला परेको थियो ।
यो अबधिमा लक्षण देखिएका ८१९ जनाले सेवा प्राप्त गरेका छन् । त्यस्तै ६८४ जनालई औषधी उपलब्ध गराइएको छ ।चेकजाँच गरिएका मध्य ३ जनालाई थप उपचारका बाहिरी जिल्ला रिफर गरिएको डाक्टर झाले जानकारी दिएका छन् । महामारीको समयमा बेसले आफ्नै खर्चमा डाक्टरसहित स्वास्थ्यकर्मी गाउँ घरमै खटाएर सेवा दिएपछि सर्वसाधारण नागरिक खुसी भएका छन् ।
