२०८३ बैशाख १५ गते मङ्गलवार

शंकर गिरीको कटाक्ष – ‘सरकार फोहोरको डंगुरमा लतपतिएको संगुर’ जस्तै बन्यो


दाङ, जेठ २० । ‘कान्तिपुरको राजसिंहासन बचाउन नलाग्नुहोस मुख्यमन्त्रीजी, लुम्बिनी फुस्केला, पाँच नम्बर फुस्केला,’ प्रदेश सांसद शंकर गिरीले बुधबार प्रदेशसभाको आठौं अधिबेशनमा भने ‘माननिय मुख्यमन्त्रीजी कै गाउँपालिका, नगरपालिका जहाँ कोभिडको भ्याक्सिन नपाएर अतेन्तै दुराबस्था छ , दाङको अवस्थाको कुरा गर्दै छु म, यो परिस्थितिमा मुख्यमन्त्रीजी हुनुहुन्न र यहाँपनि हुनुहुन्न ।’ बुधबारदेखि सुरु भएको आठौं अधिबेशनमा मुख्यमन्त्री पोखरेल उपस्थित थिएनन् ।

कोरोना महामारीले जनता त्राही त्राही रहेको समयमा लुम्बिनी प्रदेश सरकार निरही साबित भएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका नेता शंकर गिरीले त्यो आक्रोस पोखेका हुन । गिरीको कुरा यत्तिमै सिमित रहेन । उनले लोकतान्त्रिक मुल्य मान्नेताको अन्त्य गरिएको तथा संबैधानिक ढाँचाहरुलाई एक पछि अर्कौ गर्दै निस्तेज पार्दै लगेको प्रति उनले चिन्ता जाहेर गरे ।
‘निर्वाचन आयोग निर्वाचन आयोग रहेको छैन,’ गिरीले भने ‘ त्यो नेकपा एमालेको बिभागिय संस्था बनेको छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभाको आठौं अधिबेशनबाट मूल्यहिन राजनीतिलाई अन्त्य गर्न आग्रहपनि गरे ।
सन १९७१ मा बंगलादेशको युद्धमा बंगलादेशलाई स्वतन्त्र बनाएकी भारतीय प्रधानमन्त्री ईन्दीरा गान्धी आफ्नै निर्वाचनमा अदालतका कारण अप्ठेरोमा परेको स्मरण गराए । ‘ हाइकोर्टमा उनलाई बोलाइयो देशको प्रधानमन्त्री, पाकिस्तानको एकलाख सेनालाई आत्मसर्मपन गराउन बाध्य भएकी त्यत्तो तागत भएकी इन्दीरा गान्धीलाई कोर्टले बोलायो र कोटमा उनी उपस्थित हुँदा एकजना मानिसपनि कोर्टमा उठेनन्,’ प्रद्ेश सांसद गिरीले अगाडि भने ‘ देशको प्रधानमन्त्रीलाई अभिभादन गरिएन, सबै कोर्टका मान्छेहरु बसिरहे। तर, प्रधानमन्त्रीका रुपमा उनलाई एउटा कुर्सी सम्म दिइयो , त्यो हो कार्ट, त्यो हो न्यायालय ।’

उनले आज नेपालको न्यायालयको अवस्था अतेन्त दुराग्रहपूर्ण रहेको भन्दै आक्रोस पोखे । प्रधानमन्त्रीले आँफै भन्नु हुन्छ कालाकोटले फैसला गर्ने हो,’ गिरीले भने ‘ के प्रधानमन्त्रीले फैसला गर्ने हो, के कार्यपालिकाको प्रमुखले फैसला गर्ने हो ?’न्यायालयभित्र निर्लज्जताको खेल भइरहेको र न्यायालयहरु धारासायी बनाउने खेल भइरहेको भन्दै यो परिस्थितिबाट देशमाथि उठ्नुपर्ने उनले बताए ।

उनले २०३६ सालमा नेपालमा भएको जनमत संग्रहको प्रशंगपनि उल्लेख गरे । जतिखेर सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । गणेशमानजीले एउटा भाषणमा गरेको कुरा उनले स्मरण गर्दै भने ‘एउटा बाघ र सँगुरका बीचमा द्धन्द भएपछि कुस्ति हुने कुरा भएछ अनि कुस्तिको दिनपनि निश्चित भएछ,’ गिरीले अगाडि भने ‘ कुस्तिको मैदानमा जाने बेलामा त सुँगुर त्यो हिलोमा र फोहोरको डँगुरमा चारैतिर लतपतिएर आएर ल आ बाघ लडौं भन्दो रहेछ । त्यो परिस्थितिमा ए सुँगुर तेरो शरिरमा मुख त परै जावस हातै राख्ने ठाउँ छैन, अझैं लडाई भन्छन् ?’कोभिडको यो महामारीको समयमा, संबैधानिक संरचनाहरु ध्वस्त भएको समयमा सरकारले निर्वाचनको कुरा गर्नु जायज नभएको उनले बताए ।

‘बागमतीमा अस्ति निर्वाचन भएन, लुम्बिनीमा भएन ? निर्वाचनको परिनाम यही हो,’ गिरीले भने ‘ तर, समय यो हैन निर्वाचनको, यो निर्वाचनको लागि उपयुक्त समय हैन , अहिले जनता बचाउने समय हो ।’

महामारीको समयमा जनता बचाउने बाहेक अन्य कुनैपनि कुराले प्राथमिकता पाउन नहुने गिरीको तर्क थियो ।
त्यस्तै उनले जानाजान संसद कमजोर पार्न खोजिएको भन्दै रोष प्रकट गरे । ‘ एक बजेदेखि संसद सुचारु हुने सुचना हुन्छ र १२ बजेस्थगित भएको सूचना आउँछ,’ उनले प्रश्न गरे ‘यही हो संसदीय मान्नेता, यो छलछाम कहिले सम्मलाई ?’
प्रदेश सांसद गिरीले मुख्यमन्त्रीले संसद प्रति छलछाम, अपमान र बिश्वास घात गरेको आरोप लगाए ।

‘मुख्यमन्त्रीजी तपाँईपनि शंकर हो, म पनि शंकर हो, शंकरले यसो ग¥यो भन्दा चस्म मन घोच्छ,’ प्रदेश सांसद शंकर गिरीले भने ‘ बुझ्नुस सत्ता संधै रहिरहँदैन, सत्तामा चेप्टिने खेल नगर्नुहोस, सत्तादेखि माथि उठ्नुहोस, सत्ता भन्दापनि माथि अरु केही छ ।’
उनले मुख्यमन्त्री पोखरेललाई संबृद्धिको यात्राको लागि संगै यात्रा गर्न आग्रह गरे । छलफलबाट लुम्बिनी प्रदेशको उचाईलाई गौतमबुद्धको उचाई जस्तै गरि लैजान उनले आग्रह गरे ।

काँग्रेस नेता समेत रहेको प्रदेश सांसद गिरीले केपीको चश्माले मुख्यमन्त्रीले हेर्न गरेको भन्दै आक्रोस पोखे । ‘झापामा कुनै घटना घट्यो मुख्यमन्त्रीको स्ट्याटस आउँछ, दार्चुलामा कुनै घटना घट्यो मुख्यमन्त्रीको स्ट्याटस आउँछ,’ गिरीले भने ‘ मानौं मुख्यमन्त्री नै योसरकारको प्रबक्ता हो केन्द्रको ।’

सांसद गिरीले मुख्यमन्त्री पोखरेललाई त्यो मनोरागबाट मुक्त हुनपनि आग्रह गरे । ‘ म नेकपा एमालेका मान्ने सदस्यहरु, देशभरीका कार्यकर्ताहरुलाई अनुरोध गर्न चाहान्छु,’ गिरीले भने ‘ तपाँईहरु कार्यकर्ता बन्नुहोस, समर्थक बन्नुहोस,तर दास नबन्नुहोस, आज दास बन्दै छ एमालेका कार्यकर्ताहरुको पंक्ति ।’

उनले मुख्य मन्त्रीलाई धारा १६८ (१) को मुख्य मन्त्री हो कि २ को मुख्यमन्त्री हो ? भनेर प्रश्न समेत गरे ।
उनले १ को मुख्यमन्त्री हो भने संख्या नरहेको र २ अनुसारको भए मुख्यमन्त्री कहिले बनेको हो ? भन्ने कुरा समेत सदनलाई जानकारी नरहेको गिरीले बताए । सदनलाई ठग्न, ढाँट्न र बेइमानी गर्न नपाइने सांसद गिरीले बताए ।

संबृद्धिको यात्रा एक्लै पार लाउन कठिन हुने भन्दै सांसद गिरीले त्यसका लागि सहकार्य र सहमती आवश्यक पर्ने स्मरण गराए ।
दलिय सहमती र सहकार्यका लागि मुख्यमन्त्री पोखरेललाई पदबाट राजीनामा दिन सांसद गिरीले आग्रह गरे ।
उनले नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र लगाएत गठबन्धनका नेता कुलप्रशाद केसीलाई मुख्यमन्त्री बनाउनका लागि मार्ग प्रसस्त गर्न आग्रहपनि गरे । ‘सहमती बन्नै पर्छ,तर मेरै नेतृत्वमा भन्ने यस्तोपनि कँही सहमती हुन्छ,’ गिरीले प्रश्न गरे ‘ सहमतिका लागि खुला चित्तले, उदार भावनाले त्याग गर्न सक्नु पर्छ, समर्पन गर्न सक्नु पर्छ, समर्थन गर्न सक्नु पर्छ ।’

कुलप्रशाद केसीलाई मुख्यमन्त्री बनाउन गरि सहमतीमा आउन मुख्यमन्त्री पोखरेललाई आउन आग्रह गर्दै नेता गिरीले त्यही नै संबृद्धिको यात्रा हुने दाबी गरे ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *