
तुलसीपुर , जेठ १९ । घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेमाथि प्रहरी दुब्र्यबहार गरेको बिरोधमा घोराहीका सबै वडा कार्यालय एक दिनको लागि बन्द गरिएका छन् । घोराही उपमहानगरका प्रबक्ता तथा घोराही १८ का वडा अध्यक्ष भरत अर्यालले वडा अध्यक्ष पाण्डेमाथि भएको प्रहरी दुब्र्यबहारको बिरोधमा उपमहानगरका सबै वडा कार्यालय बुधबार एक दिनका लागि बन्द गरिएको जानकारी दिए ।
उनले प्रहरीको ब्यबहार निन्दनिय र भत्र्सना योग्य रहेको हुँदा त्यो सच्चिनु पर्ने माग गर्दै बिरोधमा सवै वडा कार्यालयहरु बन्द गर्नु परेको बताए । ‘बिरामीको लागि अक्सिजन सिलिण्डरको जोहो गर्न स्कुटी चलाएर एक्लै गइरहेका वडाध्यक्ष पाण्डेलाई मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि प्रहरीले परिचय पत्र झुण्ड्याएको देख्दादेख्दै पनि दुब्र्यबहार गरेको छ,’ उनले भने ‘ ’उटा वडाध्यक्षलाई त्यस्तो ब्यबहार हुन्छ भने सर्वसाधारणलाई कस्तो ब्यबहार हुन्छ होला ?’ उनले प्रहरीको ब्यबहार सच्चिनु पर्ने माग गरे ।
प्रहरीलाई लाइसेन्स, स्कुटरको आवश्यक कागजात र वडाध्यक्षको परिचय पत्र देखाउँदा देखाउँदै पनि स्कुटर नियन्त्रणमा लिएर आफुलाई दुब्र्यबहार गरेको वडाध्यक्ष पाण्डेले बताए । प्रहरीले स्कुटर नियन्त्रणमा लिएपछि आफुले अर्कौ मोटरसाईकल मागेर बिरामीको लागि अक्सिजनको खोजी हिडेको उनले बताए ।
घटना पछि वडाध्यक्ष पाण्डेले आफ्नो सामाजिक सञ्जालमा प्रहरीलाई आफ्नो सम्झेको सजाय आफुले भोग्नु परेको लेखेका छन् । उनले लेखेका छन् ‘ पुलिस मेरो साथी हैन, हिजोको घटनाले मलाई आभास भयो, पुसिल कहिले पनि जनताको हुन सक्दैन रहेछ ।’
नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष पाण्डेमाथि भएको दुब्र्यब्यबहारको चौतर्फी आलोचना भएको छ । नेपाली काँग्रेस दाङका सचिव शंकरप्रशाद डाँगी लगाएत बिभिन्न संघ संस्थाहरुले घटनाको बिरोध गरेका छन् ।
यसैबीच जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले नयाँ प्रहरी अधिकारी सवारी चेकजाँचमा खटिएको हुँदा वडाध्यक्षलाई नचिनेको हुँदा स्कुटर नियन्त्रणमा लिएको बताएका छन् । नयाँ प्रहरी अधिकारीले वडाध्यक्षलाई नचिनेर सवारी पास मागेपछि त्यो नभएको हुँदा स्कुटर नियन्त्रणमा लिएको भन्ने कुरा सवारी चेक जाँचमा खटिएका प्रहरी अधिकारीले आफुलाई भनेको एसपी चन्दले बताए ।
आफुले वडाध्यक्षज्यूलाई फोन गरि ती प्रहरी अधिकारीको तर्फबाट माफी माग्दा समेत उहाँ स्कुटर लिन नआएको एसपी चन्दले गुनासो गरे ।
