२०८३ असार १ गते सोमवार

भेरी अस्पताल घटनाबारे छानविन समितिले बुझायो प्रतिबेदन


दाङ, जेठ १८ । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक र नर्सिङ स्टाफहरु माथि भएको आक्रमण तथा कुटपिटको घटना बारे छानविन समितिले सोमबार आफ्नो प्रतिबेदन बुझाएको छ । घटनाको पाँच दिन पछि छानविन समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको हो ।

घटना छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोजकत्वमा एक छानविन समिति गठन भएको थियो ।
सात सदस्यीय उक्त समितिमा जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक सुवाश खड्का, अस्पताल विकास समितिका सदस्य कृष्णप्रशाद श्रेष्ठ, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसी ओली, चिकित्सक संघका अध्यक्ष डा. बिनोद कर्ण, धनराम ओली, डा. रमण किदवाई र सरकारी वकिल कार्यालयको तर्फबाट शान्तिबिक्रम शाह सदस्य रहेका थिए ।

समितिले अस्पतालमा रहेको सिसी टिभी फूटेज, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्सी, पीडित डाक्टर, नर्स र आक्रमणमा संलग्न व्यक्तिहरूलाई समेत सोधपुछ गरी घटना बारे प्रतिवेदन तयार पारेको समितिका सदस्य तथा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिए पनि सरोकारवालासंग सोधपुछको समय नपुगेको भन्दै थप एक दिन समय माग गरेको थियो ।

जेठ १२ गते बेलुका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का डिल्लीबहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि आफन्तहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतले डाक्टर तथा नर्सहरु माथि कुटपिट र अस्पतालमा तोडफोड गरेको प्रहरीले जनाएको थियो ।

उनीहरुले डाक्टर तथा नर्सहरले उपचारमा लापरबाही गरेको आरोप लगाउँदै कुटपिट गरेका थिए । प्रहरीले उनीहरु तीनै जनालाई सोही दिन नै पक्राउ गरि उनीहरुका विरुद्ध ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान जारी राखेको छ । घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ऋाक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै भेरी अस्पतालका डाक्टर, नर्स लगाएत स्वास्थ्यकर्मीले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *