२०८३ जेष्ठ ११ गते सोमवार

निर्वाचन आयोगले कारबाहीमा परेका जसपाका ४ मन्त्रीलाई पनि मताधिकार दियो

तुलसीपुर, जेठ १६ । निर्वाचन आयोगले आइतबार दिउँसो पाँच बजेतिर मात्रै राष्ट्रिय जनता पार्टीबाट मन्त्री बनेका चार जना सांसदलाई पनि पुरुक मतदातको अधिकार दिएको छ । यसअघि पार्टीको कारबाहीको आधारमा आइतबार दिउँसो सम्म उनीहरुलाई मताधिकार प्रदान गरिएको थिएन ।

जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कंवरले निर्वाचन आयोगको पछिल्लो निर्णय अनुसार थप ४ जना सांसदलाई पनि पुरुक मतदाताको अधिकार दिइएको जानकारी दिए ।

यो सहित अब लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् ।आयोगको पछिल्लो निर्णय संगै आइतबार दिउँसो सम्म मताधिकारबाट बञ्चित रहेका मन्त्री समेत रहेका जसपा सांसदहरु कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय,सुमन शर्मा रायमाझी र विजयबहादुर यादवले पनि मताधिकार पाएका हुन ।

त्यसअघि भने पार्टीले कारवाही गरेको हुँदा उनीहरुले मतदान गर्न नपाउने भनिएको थियो । त्यसैले प्रदेश सभामा त्यसअघि सम्म कुल मतदाता ७९ जना मात्रै रहेको निर्वाचन कार्यालयले जानकारी दिएको थियो ।

यो निर्वाचनमा एकजना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ । उनीहरुको कुल मतभार अब ३ हजार ९ सय ८४ पुगेको छ । अर्घाखाँची जिल्लामा माओवादी केन्द्रबाट निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गरेपछि रिक्त पदमा सोमबार निर्वाचन हुन लागेको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।
विपक्षी गठबन्धन नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टीका उपेन्द्र यादब र बाबुराम भट्टराई समुह, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले भित्रको बरिष्ठ नेता माधवकुमार नेपाल सहुमले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

त्यस्तै माओबादी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका खड्कालाई एमालेको समर्थन रहेको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ।निर्वाचनको पूर्व सन्ध्यामा आयोगले जसपाका ४ सांसदलाई पनि मताधिकार दिएपछि बिपक्षी गठबन्ध रुष्ट बनेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *