२०८३ असार १ गते सोमवार

केपीलाई बढारेर फाल्न नेता नेपालको अपिल

दाङ, जेठ ११ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारालई बढारेर फाल्न सबैमा अपिल गरेका छन् ।

मंगलबार  सामाजिक सञ्जाल मार्फत  अपिल जारी गर्दै नेपालले जनअपेक्षा विपरीत केपी ओली चलेको हुँदा उनको सरकारको अन्त्य गर्दै मुलुकमा कानुनी राजको स्थापना गर्न अपिल गरेका छन । 

नेपालले षड्यन्त्रकारीहरूको उक्सावटमा सिंगो नेकपालाई विभाजन गर्ने काम गरेको भन्दै ओली समूहले आफूहरूलाई गरेको कारबाही औचित्यहीन र अर्थहीन रहेको बताएका छन । 

नेता नेपालले नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रूपमा सिंगो कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने पात्रका रूपमा केपी ओलीले आफूलाई स्थापित गरेको हुँदा उनको बिदाई आवश्यक रहेको उल्लेख गरेका छन् । 

केपी ओलीले नितान्त व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्न सरकारको चरम दुरूपयोग गरेका,बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरूलाई सघाएको आरोप नेपालले लगाएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *