२०८३ असार १ गते सोमवार

दाङका २ सहित बाँकेमा थप ८ जनाको मृत्यु

 

दाङ, जेठ ९ । दाङका दूई जनासहित बाँकेमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ की ४५ बर्षीया महिलाको शनिबार राति १० बजे र बबई गाउँपालिका वडा नं. २ का ९२ बर्षीय पुरुषको शनिबार बेलुका भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ ।  

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नं. ८ का ३८ बर्षीय पुरुष, कैलालीको टिकापुर १ का ६० बर्षीय पुरुषको भेरी अस्पतालमा, कैलाली लम्किचुहा नगरपालिका ६ की ३३ बर्षीया महिला र कैलाली जानकी नगरपालिका ९ की ७५ बर्षीया महिला को नेपालगञ्ज कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । 

त्यस्तै कैलालीको  टिकापुर नगरपालिका ७ का ३५ बर्षीय पुरुषको भेरीमा र सल्यानको शारदा नगरपालिका १ का ५० बर्षीय पुरुषको कोहलपुरमा मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन् । 

यो संगै बाँकेमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१३ पुगेको छ । जसमध्य बाँकेका २७३ र बाहिरी जिल्लाका २४० रहेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *