काठमाडौं, जेठ ९ । विपक्षी पाँच दलिय गठबन्धनले प्रतिनिधि सभा विघटनविरूद्ध सोमबार सर्वौच्चमा रिट दिने भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ जना सांसदको हस्ताक्षर रहेको र त्यो संख्या प्रधानमन्त्री बनाउनका लागि प्रयाप्त रहेको भन्दै बिपक्षी गठबन्धन सर्बौच्च जान लागेका हुन ।
आइतबार नै बिपक्षी गठबन्धनले अदालतमा रिट दिने तयारी गरेको भएपनि सांसदहरूको हस्ताक्षर संकलन गर्दा दिउँसो ३ बजिसकेको हुँदा सोमबार मात्रै रिट दिने तयारी गरिएको नेपाली काँग्रेसका नेता दीपक गिरीले जानकारी दिए ।
आइतबार बानेश्वरमा नेपाल पक्षका १८ जना सांसद नागरिकतासहित उपस्थित भएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार हस्ताक्षर गरेका १४९ जनामा अरु सांसदहरु पनि थपिएको दाबी गरेका छन् ।
भौतिक रूपमै सांसदहरू अदालतमा उपस्थित भएर रिट दिइने अध्यक्ष प्रचण्डले बताए ।
