काठमाडौं, जेठ ९ । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिएपछि उनीहरुलाई स्पष्टिकरण सोध्न थालिएको हो ।
शनिबार बसेको अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षका नेताहरुको बैठकले अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोधिएको हो।
पार्टी नीतिविपरीत प्रधानमन्त्री ओलीको प्रतिगामी कदमलाई साथ दिएको भन्दै पार्टीकै अध्यक्षमाथि छानबिन गरि स्पष्टिकरण सोध्ने र चित्त बुझ्दो जबाफ नआएर कारबाही प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको छ ।
जसपाको ५१ सदस्य कार्यकारिणी समितिमा यादव र भट्टराई पक्षको बहुमत छ। पछिल्ला गतिबिधिले जसपा बिभाजनाको संघारमा पुगेको राजनीतिक बृत्तमा अनुमान गर्न थालिएको छ ।
