काठमाडौं, जेठ ८ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले प्रतिनिधि सभा विघटनको बिरुद्ध संघर्षमा उत्रन आह्वान गरेको छ।
नेविसंघ अध्यक्ष राजिव ढुंगानाले शनिबार विज्ञप्ति मार्फत मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गर्नुलाई लोकतन्त्रमाथिको षड्यन्त्र भएको भन्दै संघर्ष उत्रन आह्वान गरेका छन् ।
कोरोना कहरले देश आक्रान्त भएको र जनताको ज्यान गुमिरहेको अवस्थामा सरकारको पछिल्लो कदम अलोकतान्त्रिक र असंबैधानिक भएको ढुंगानाले बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावाद उन्मुख देखिएको भन्दै लोकतन्त्रको रक्षाको लागि संघर्षमा उत्रन ढुंगानाले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार
