काठमाडौं, जेठ ७ । सरकारले संविधान संशोधन गर्न भन्दै एक कार्यदल बनाएको छ। पाँच सदस्य कार्यदलमा नेकपा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल रहेका छन् ।
त्यस्तै जनता समाज बादी पार्टीबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको सम्मेलित पाँच सदस्य कार्यदल बनाएको जानकारी दिइएको छ ।
उक्त बैठकले जसपाको मागबमोजिम जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुबै नेपाली भए वंशजका आधारमा नागरिकता दिन मिल्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
