काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले सर्वदलिय बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको सर्वदलीय बैठकमा नेकपा एमालेका नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) , जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगाएतका नेताहरुलाई खबर गरिएको छ ।
बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति, प्रधानमन्त्रीका कदम संविधानविपरीत भएको निष्कर्ष निकाल्दै त्यसका बिरुद्ध अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय गरेको थियो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार लोकतन्त्र र संविधानविपरीत हुने गरी राष्ट्रपति र प्रधानमन्त्रीले कदम चालेकोले अरू दलहरूसँग पनि छलफल गरेर आवश्यक रणनीति तय गर्न नेपाली काँग्रेसले सर्वदलिय बैठक आह्वान गरेको बताए ।
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
