२०८३ भाद्र २६ गते शुक्रवार

काँग्रेसको आकस्मिक बैठक, सत्ता समिकरणबारे छलफल हुने

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान ९ बजेपछि बैठक बस्ने भएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्न शुक्रबार बेलुकासम्मको सीमय तोकेपछि काँग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पूर्व पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरूलाई पनि बोलाइएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीको पछिल्लो कदमको नोपली कांग्रेसका केही नेताहरुले विरोध जनाइसकेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिएर तथा राजीनामा नदिए नयाँ सरकारको आह्वान राष्ट्रपतिबाट गरिनुलाई काँग्रेसका केही नेताहरुले संविधानको मर्म बिपरितको कार्य भएको भन्दै बिरोध जनाएका छन् ।

काँग्रेस नेताहरुले प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्ने तथा राष्ट्रपतिलाई महाअभियोग लगाउने बिषय उठाउन थालेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *