घोराही, बैशाख १५ । दाङ घोराहीका पत्रकार निशान दाजु भट्टराईले आफ्नो जन्मदिनका दिन रक्तदान गरेका छन ।
भट्टराईले मंगलबार घोराहीस्थित रक्त सञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन ।
‘वढ्दो कोभिड संक्रमणका कारण बिरामीलाई रगतको अभाब हुन सक्ने खतरा छ,’ भट्टराईले भने ‘ रगतको अभावले कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्नका लागि मैले रक्तदान गरेको हुँ ।’
अहिले कोरोना महामारीका कारण बिभिन्न संघ संस्था र ब्यक्तिहरुका अभियानहरु रोकिएकाले ब्लड बैंकमा रगत अभाब हुन थालेको छ ।
प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
