
वैशाख ९ । बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे ’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रभु देवाको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ ।
सलमानले नायिका दिशा पटानीसँग रोमान्स गरेका छन् । यो चलचित्रले भारतको मुम्बइमा फैलिएको ड्रग्सको धन्दा र अपराधको कथालाई भनेको छ । चलचित्रमा कलाकार रणदीप हुड्डा खलनायकको भूमिकामा देखिएका छन् ।
यो चलचित्र मे १३ मा विश्वभर रिलिज हुनेछ । चलचित्रलाई हलमा र ओटीटीमा एकसाथ रिलिज गर्ने तयारी सलमानको छ ।
प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
