
तुलसीपुर, चैत २६ । नेपाल पत्रकार महासंघ दाङ शाखामा नेपाल प्रेस युनियनबाट प्रतिनिधित्व गर्ने चार पदाधिकारीले जित्ने निश्चित भएको छ । खुल्ला उपाध्यक्षमा सञ्तोष सुबेदी, महिला उपाध्यक्षमा बसुन्धरा भुसाल, सचिवमा आरके सितल र कोषाध्यक्षमा शरद रेग्मीले जित्ने निश्चित जस्तै भइसकेको छ ।
थोरै मात्रै मत गणना बाँकी रहँदा उनीहरु प्रतिपर्धी भन्दा त्यो भन्दा बढी मत सहित लिड गरिरहेको हुँदा उनीहरुको जित सुनिश्चित भइसकेको हो । यद्यपी यसको औपचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।
महासंघमा नयाँ नेतृत्व चुन्नका लागि चैत २५ गते मतदान भएको थियो । युनियनका जिल्ला अध्यक्ष सञ्तोष सुवेदीको नेतृत्वमा युनियनले महासंघमा उम्मेदवारहरु पठाएको थियो ।
प्रकाशित मिति : २०७७ चैत्र २६ गते बिहिवार
