
घोराही ,चैत्र ९ । नेपाली काँग्रेस रोल्पा– दाङ सम्पर्क समितिको सभापतिमा धनबहादुर रसाइली सर्वसम्मत रुपमा चयन भएका छन् ।नेपाली काँग्रेसको घोराहीस्थित पार्टी कार्यालयमा बसेको दुई जिल्लाका पदाधिकारीहरुको भेलाले रसाईलीको नेतृत्वमा २५ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समिति गठन गर्नका लागि आइतबार सम्पर्क समिति गठन गर्नका लागि कसरत सुरु गरेको थियो । उक्त कार्यक्रममा पुर्बमन्त्री तथा केन्द्रीय सदस्य दीपक गिरी,पुर्व राज्यमन्त्री तथा संविधान सभा सदस्य अमरसिंह पुन,राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देवकोटा,पुर्व सांसद राजु खनाल लगाएतको उपस्थितिमा भेला भएको थियो ।
नेपाल तरुणदलको केन्द्रीय पार्षद समेत रहेका रसाइली रोल्पामा युवाहरु माझ लोकप्रिय छबि बनाएका युवा नेता हुन ।
प्रकाशित मिति : २०७७ चैत्र ९ गते सोमवार
