दाङ, चैत ७ । बाँकेमा आइतबार बिहान ६९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ।
नेपालगंज उपमहानगरपालिका वडा नं। २१ पुरैनाकी ती महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बिहान २ बजेर ३८ मिनेटमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ८ गते आइतवार
