तुलसीपुर, चैत ८ । दाङको तुलसीपुरमा अन्तर बिधालय अन्तरगत जिल्ला स्तरिय एथलेटिक्स प्रतियोगिता हुने भएको छ ।
दाङ जिल्ला एथलेटिक्स संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २८ गते बेलझुण्डी रंगशालामा हुुने छ ।
प्रतियोगितामामा जिल्लामा स्थापित निजी तथा सामुदायिक बिधालयमा अध्ययनरत २० वर्ष मुनि उमेर समुहका छात्र ÷ छात्राले सहभागिता जनाउन पाउने छन् ।7
एक दिने प्रतियोगितामा ट्रयाक तर्फ १००,२००, ८०० मिटर दौड र फिल्ड तर्फ सटपुट र लङजम्प गरि ५ वटा ईभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा बिजेता,उपबिजेता र तृतिय स्थान हासिल गर्ने बिधालयलाई ट्रफी तथा खेलाडीलाई नगद पुरस्कार, प्रदान गरिने संघका सचिव लक्ष्मण बस्नेतले बताए ।
सबै खेलको जननी मानिने एथलेटिक्स खेलको बिकास र बिस्तार गर्दै प्रतिभावान खेलाडीको पहिचान गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको दाङ जिल्ला एथलेटिक्स संघकी अध्यक्ष गीता बस्नेत राईले बताइन ।