पार्टी छोडेको बारे २४ घन्टा भित्र लिखित स्पष्टिकरण माग
काठमाडौं, फागुन २९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारमा सहभागी आफ्नो पार्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ।
शनिबार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन गरिएको हो ।
नेता नारायणकाजी श्रेष्ठले पार्टीमा सरकारमा सहभागी भएका मन्त्रीलाई २४ घण्टा भित्र फिर्ता आउन निर्देशन दिइएको बताए ।
माओवादी केन्द्रका तर्फबाट सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिंचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी गरि ६ जना सहभागि छन् ।
त्यसैगरी माओवादी केन्द्रको बैठकले नेकपा एमालेले शुक्रवार केन्द्रीय सदस्यमा मनोनित गरेका माओवादी केन्द्रका २३ जना नेतालाई पार्टी परित्याग गरेको हो रु कि होइन रु भनेर २४ घण्टा भित्रै लिखित जवाफ मागसमेत गरेको छ।
माओवादी केन्द्रका पूर्व नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नविन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई नेकपा एमालेले केन्द्रीय सदस्यमा शुक्रबार मात्रै मनोनित गरेको थियो ।