
काठमाडौं, फागुन २३ । सर्बोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुनः जीवित तुल्याइ दिएको छ । ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टी लाई दिएको भन्दै सर्वौच्च अदालतमा हालेको मुद्दामा फैसला सुनाउँदै अदालतले कट्टेलको पक्षमा फैसला गरेको छ ।
यसका साथै अदालतले ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपा खारेज समेत गरिदिएको छ । नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही पार्टीसंग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता गरेको भन्दै सर्बौच्चले त्यसलाई उत्प्रेषणको आदेशबाट बदर गरिदिएको छ ।
नेकपा संगै नाम मिल्ने गरि विपक्षी मध्येका निर्वाचन आयोगको मिति २०७५ जेठ २३ को निर्णय र निर्णयलाई सदर गर्ने गरी भएको मिति २०७५÷ कार्तिक ९ गको निर्णय फैसला राजनीतिक दल सम्बन्धि ऐन,२०७३ को दफा ६९१० (ङ) र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९ मा भएको कानूनी व्यवस्था विपरीत देखिएको सर्बोच्चले जनाएको छ ।
नेकपाको एकीकरण खारेज गरेर नेकपा (एमाले) र माओवादी केन्द्रलाई सर्बौच्चले पूर्ववत रूपमा ब्युताइ दिएको हो ।
सर्बोच्चको फैसलामा साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रूपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी.एकिकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने उल्लेख छ ।
त्यसका साथै सर्बोच्चले अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन आग्रह पनि गरेको छ ।
त्यसका साथै सर्बोच्चले त्यसपछि उक्त जानकारी दिई शिघ्र कानून बमोजिम आवश्यक निर्णय गर्ने गराउनू भनि विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।
